You are viewing the translated version of बिवरण पेश गर्नु पर्ने.
Section 18
बिवरण पेश गर्नु पर्ने
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले ऐनको दफा १० को उपदफा (१) बमोजिम आफूले उत्पादन, निकासी वा पैठारी गरेको तेजाब वा अन्य घातक रासायनिक पदार्थको देहायको विवरण तयार गर्न अनुसूची-१२ बमोजिमको ढाँचामा प्रत्येक छ महिनामा सम्बन्धित प्रमुख जिल्ला अधिकारी मार्फत वा सोझै अनुमतिपत्र जारी गर्ने अधिकारी समक्ष पठाउनु पर्नेछः-
(क) उत्पादन, निकासी वा पैठारी गरेको तेजाब वा अन्य घातक रासायनिक पदार्थको परिमाण,
(ख) उत्पादन, निकासी वा पैठारी गरिएको अवधि,
(ग) उत्पादन अनुमतिपत्र प्राप्त व्यक्तिको हकमा उत्पादन क्षमता र क्षमता बमोजिम उत्पादन भए नभएको विवरण,
(घ) मौज्दात परिमाण,
(ङ) प्रयोगको अवस्था ।
(२) तेजाब वा अन्य घातक रासायनिक पदार्थलाई कच्चा पदार्थ वा सहायक कच्चा पदार्थको रुपमा प्रयोग गरी कुनै वस्तु उत्पादन गर्ने उद्योगले ऐनको दफा १० को उपदफा (३) बमोजिमको विवरण तयार गर्न अनुसूची-१३ बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकारी मार्फत वा सोझै अनुमतिपत्र जारी गर्ने अधिकारी समक्ष पठाउनु पर्नेछ ।